नेपालको कसिलो बलिङ, युइएले दियो १३५ को टार्गेट

नेपालको कसिलो बलिङ, युइएले दियो १३५ को टार्गेट

काठमाडौँ : टी २० विश्वकप एसिया क्षेत्र छनोट चरणको सेमिफाइनलमा युएइले नेपाललाई १३५ टार्गेट पाएको छ।

मुलपानी क्रिकेट मैदानमा भइरहेको प्रतियोगितामा नेपालले टस हारेर बलिङ पाएको थियो। २० ओभरमा युएइले १३४ रन बनायो। युएइका खेलाडीहरू नेपाली बलरका अगाडि लामो समय टिक्न सकेका थिएनन्। तर वृत्य अरविन्द लामो समय क्रिजमा टिकेर युएइको स्कोर बढाए। उनले अर्थ शतक पार गरेका थिए।

उनले अरविन्दले ५१ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ६४ रन बनाएका थिए। 

कुशल मल्लले वृत्यको विकेट लिएका थिए। वृत्यको विकेट झरेपछि आएका क्रिजमा आएका युएइका खेलाडीहरू नेपाली बलरसामु टिक्न सकेनन्। एकपछि अर्को गर्दै नवौँ विकेट झर्यो।

खेलमा कुशलले तीन विकेट लिए। सन्दीप लामिछाने र सोमपाल कामीले २-२ विकेट लिए। क्याप्टेन रोहित पौडेलले एक विकेट लिए।

मुलपानीको क्रिकेट मैदानमा भइरहेको प्रतिस्पर्धा जसले जित्छ उ फाइनलमा पुग्छ। बिहीबारको खेलमा नेपाली ब्याटरहरु चाँडै रन बनाउन हतारिदा छिटोछिटो विकेट झरेको थियो। 

कात्तिक १७, २०८० शुक्रबार १२:४१:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।