आमालाई अश्लिल गाली गरेको मिरोजको र्‍याप सुनेर रिसाइन गायिका ज्योती मगर

आमालाई अश्लिल गाली गरेको मिरोजको र्‍याप सुनेर रिसाइन गायिका ज्योती मगर

काठमाडौं : डिभोर्सपछि पनि बाबुलाई हैरान बनाएको भन्दै मनोज गजुरेलका छोरा मिरोजले आमालाई अश्लिल गाली गर्दै र्याप गीत सार्वजनिक गरे। 

युट्युव र टिकटकमा गीत सार्वजनिक भएपछि पक्ष-विपक्षमा बहस जारी छ। ६ वर्ष अगाडि डिभोर्स भएपछि मिरोज बाबुसँगै बस्छन्। 

डिभोर्सपछि पनि मिना ढकालले सामाजिक सञ्जालबाट मनोजमाथि छेडखानी गरिरहन्छिन्। मिरोजले बाल्यकालमा दुख दिएको लगायतका आरोप त लगाए नै आमालाई अश्लिल गाली समेत गरेका छन् र्यापमा। 

मिरोजको र्याप सुनेपछि गायिका ज्योती मगरले सामाजिक सञ्जालमा ’आफ्नै कोखबाट जन्मिएका बच्चाहरूले त आमालाई गाली गर्न थाले भनेर आक्रोश पोखिन्। 

यस अगाडि र्यापर जिबबले पत्रकार सम्मेलनै गरेर आमाको विरोध गरेका थिए। तर अश्लिल गाली गरेका थिएनन्। आमा आफ्नो पैसाको पछि लागेको दाबी गरेका थिए। मिरोजले भने अश्लिल गाली नै गरे। 

’जिबब भन्ने भाइले र मिरोज गजुरेल भन्ने भाइहरुले दुनियाँको आँखा खोल्दिसकेआमा केहो भनेर’ उनले फेसबुकमा लेखेकी छिन्’ आमा के को ?उनी त बाबाको लिङ्गलाई शान्त पार्ने र शुक्रकिट स्टोर गरेर बच्चा  पाउने मेसिन मात्र हुन... राम राम राम हिजो माता-पिताको लागि बनबास जाने रामहरु आज आमालाई सराप्ने हरामहरु। अनि त्यही आमा नै अगतिलो रैछ नि त भन्दै स्याबासी दिने बुङ्गाहरु।’

उनले नौ महिना को कोख, १० धारा दूध,कैयौ बर्षको अनिदो त साचो माया नभएको भन्दै लेखेकी छिन्’मिरोजभाई तिमीले गायको र्याप गीतले बुबालाई खुशी बनाउछ भन्ने लाग्यो होला तर तिमी भ्रममा छौ।’

कात्तिक १७, २०८० शुक्रबार ११:५२:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।