विश्वकप क्रिकेटमा आज अफगानिस्तान र नेदरल्याण्ड्स भिड्ने
एजेन्सी : भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज अफगानिस्तान र नेदरल्याण्ड्स भिड्दैछन्।
लखनऊमा खेलाइने खेल दिउँसो सवा २ बजे सुरु हुनेछ। जारी प्रतियोगितामा अफगानिस्तानले ६ खेलमध्ये ३ खेल जित्दै ६ अंक जोडेको छ।
यस्तै समान खेलबाट नेदरल्याण्ड्सले २ खेलमा जित निकालेर ४ अंक जोडेको छ।
अफगानिस्तान आजको खेल जित्दै सेमिफाइनलको सम्भावना जिवित राख्न चाहन्छ भने नेदरल्याण्ड्स अंक तालिकामा स्थान सुधारको लक्ष्यमा हुनेछ।
यसअघि गएराति सकिएको खेलमा भारतले श्रीलंकाविरुद्ध ३०२ रनको प्रभावशालि जित निकालेको थियो।
कात्तिक १७, २०८० शुक्रबार ११:३२:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।