नेपाललाई पहिलो सफलता, सोमपालले लिए विकेट

नेपाललाई पहिलो सफलता, सोमपालले लिए विकेट
फाइल फोटो

काठमाडौं : आइसीसी टी-२० विश्वकप छनोटअन्तर्गत एसिया क्षेत्र छनोटकाे सेमिफाइनलमा युएईको पहिलो विकेट पतन भएको छ।

मूलपानीक्रिकेट मैदानमा टस जितेर पहिले  ब्याटिङ गरेका  खालिद शाह रन आउट  आउट भएका हुन्। नेपालका लागि सोमपालले विकेट लिएका हुन्।

पहिले बलिङ गरेकाे नेपालले टाेलीमा एक परिवर्तन गरिएको छ। सन्दीप जोराको स्थानमा दीपेन्द्रसिंह ऐरीले ‘कमब्याक’ गरेका छन्।

खेल केही समयमा सरु हुनेछ। यो खेलको विजेता टोलीले सन् २०२४ मा हुने टी-२० विश्व कप खेल्न पाउनेछ।

नेपाल समूह ‘ए’ को उपविजेता र यूएई समूह ‘बी’ को विजेताका रुपमा सेमिफाइनलमा पुगेका हुन्। नेपाल सन् २०२१ को छनोट खेलमा यूएईसँग ६८ रनले पराजित हुँदै विश्व कप पुग्न सकेको थिए ।

नेपालले समूह चरणमा सिङ्गापुरलाई ८ विकेट र मलेसियालाई ६ विकेटले हराएको थियो तर हिजो भएको खेलमा ओमानसँग ५ रनले पराजित भएको थियो ।

यूएईले बहराइन र कुवेतलाई समान पाँच विकेटले र हङकङलाई २२ रनले हराएको थियो । 

आजको अर्को सेमिफाइनल खेल कीर्तिपुर मैदानमा ओमान र बहराइनबीच हुनेछ। फाइनल खेल पर्सि आइतबार कीर्तिपुर मैदानमा हुनेछ ।

कात्तिक १७, २०८० शुक्रबार ११:१७:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।