काभ्रेको पाँचखालमा आगलागी, नौवटा पसलमा क्षति

काभ्रेको पाँचखालमा आगलागी, नौवटा पसलमा क्षति

काभ्रे : काभ्रेको पाँचखालमा आगलागी हुँदा नौवटा पसलमा क्षति भएको छ। 

आज शुक्रबार बिहान विद्युत् सर्टभई उद्धब प्रसाद तिमल्सिनाको घरमा आगलागी हुँदा घरमा रहेका ४ वटा कपडा पसल, ३ वटा होटल, एउटा मोबाइल पसल र एउटा मासु पसल जलेका जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। 

आगलागीमा परेर चार वटा कपडा पसल भने पूर्णरुपमा जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए। होटल, मोबाइल र मासु पसल भने आंशिक मात्रै जलेका छन्।

दमकलको सहायतामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वस्थानीले झण्डै एक घण्टा लगाएर आगलागी नियन्त्रणमा लिइएको थियो।  

क्षतिको विवरण संकलनको काम भइरहेको डीएसपी श्रेष्ठले जानकारी दिए।

कात्तिक १७, २०८० शुक्रबार १०:१७:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।