अपाचे आरटीआर-१६० भी फोर एफआइको विशेष संस्करण सार्वजनिक हुँदै
काठमाडौं : टीभीएस अपाचे आरटीआर १६० भी फोर एफआइको विशेष सँस्करण नेपाली बजारमा सार्वजनिक हुँदैछ।
टीभीएस मोटर्सको नेपालका लागि आधिकारीक बिक्रेता जगदम्वा मोटर्सले अपाचे आरटीआर १६० भी फोर एफ आइ को विशेष सँस्करण नेपाल सार्वजनिक गर्ने तयारी गरेको हो।
अपाचे आरटीआर १६० भी फोर एफआइ सेग्मेन्टमा ग्राहकहरुका लागि थप छनोटको विकल्प दिने उद्देश्यका साथ विशेष संस्करण ल्याउने तयारी भइरहेको कम्पनीले जनाएको छ।
अपाचे आरटीआर १६० भी फोर एफआइको विशेष सँस्करणमा कम्पनीले सेग्मेन्टमै पहिलो पटक विभिन्न थप फिचर पनि उपलब्ध गराउने कम्पनीको भनाइ छ।
कम्पनीले सेग्मेन्टमै पहिलो पटक तीन राइडिब मोड तथा समायोजनको सुविधा सहितको ह्यान्ड ब्रेक लिभर र क्लच लिभरपनि उपलब्ध गराउने छ।
साथै अद्वितीय डिजाइनमा हल्का र लाउडर बुल्पुप एक्जस्टसंगै टीभीएसका उपभोक्ताले बाटो र मौसमको आवश्यकता अनुसार ड्राइभिङ मोड छनोट गर्न सक्ने कम्पनीको दाबी छ।
कात्तिक १७, २०८० शुक्रबार १०:०१:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।