नेपाली ब्राण्डका जुत्ता चप्पलको सामूहिक शोरुम ‘न्यूरोड नेपाली जुत्ताघर’

नेपाली ब्राण्डका जुत्ता चप्पलको सामूहिक शोरुम ‘न्यूरोड नेपाली जुत्ताघर’

काठमाडौं : नेपाली जुत्ता चप्पल उत्पादक समुहद्धारा नेपाली ब्रान्डका जुत्ता चप्पलको सामूहिक शोरुम न्युरोड नेपाली जुत्ताघरको उद्घाटन गरिएको छ। यस सामूहिक शोरुमको उद्घाटन प्रतिनिधि सभा सदस्य लाल प्रसाद सावा लिम्बुले गरेका हुन्। 

स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली जुत्ता उत्पादक समूहद्धारा सामूहिक शोरुम अवधारणाअन्तर्गत खोलिएको याे चौथो शोरुम हो।

यसअघि पोखरा, बुटवल र जनकपुरमा तिनवटा सामूहिक शोरुमको उद्घाटन गरिसकेको छ। आगामी दिनमा देशभरका विभिन्न स्थानमाहरू नयाँ शोरुमहरू खोल्ने र उपभोक्ताहरूलाई गुणस्तरीय उत्पादनहरू उपलब्ध गराउने जनाइएको छ। 

न्यूरोड नेपाली जुत्ता घरमा विएफ डियर हिल र विएफ स्पोट, क्रस रोड, रोयल शुज, फस्टवाक शुज, डिजे शुज, कोसेली सुज, रन शुज र स्मार्ट शुज गरी ८ वटा ब्रान्डका आधुनिक तथा गुणस्तरीय जुत्ता चप्पलहरू आकर्षक छुटमा उपलब्ध रहेका छन्।  

कात्तिक १७, २०८० शुक्रबार ०९:४४:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।