टीकापुर ‘नरसंहार’का मुख्य योजनाकार रेशम चौधरीको मुद्दाको सुनवाइ कात्तिक २३ गते हुने

टीकापुर ‘नरसंहार’का मुख्य योजनाकार रेशम चौधरीको मुद्दाको सुनवाइ कात्तिक २३ गते हुने

काठमाडौं : टीकापुर ‘नरसंहार’ का मुख्य योजनाकार रेशम चौधरीविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ कात्तिक २३ गते हुने भएको छ। 

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दिएको आममाफी विरुद्ध नरसंहारमा मारिएका तत्कालीन प्रहरी एसएसपी लक्ष्मण न्यौपानेका आफन्तले दिएको मुद्दाको सुनवाईका लागि सर्वोच्चमा  कात्तिक २३ गतेका लागि पेसी तोकिएको छ।

उनले पाँच वर्ष तीन महिना जेलसजाय काटेका थिए। सरकारबाट बाँकी कैद कट्टा पाएर रिहा भएका उनको बाँकी १४ वर्ष ९ महिना जेल सजाय छुट भएको थियो। 

थारुहट प्रदेशको माग गर्दै २०७२ साल भदौ ७ गते टीकापुरमा भएको झडपमा आन्दोलनकारीको आक्रमणमा प्रहरी बरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र नाबालक गरेर ९ जनाको हत्या भएको थियो।

सर्वोच्च अदालतले यस घटनालाई बिर्सनुपर्ने तर बिर्सन नसकिने जघन्य आपराधिक घटना भने पनि राजनीतिक लेनदेनमा सरकारले यसअघि नै रेशम चौधरीको बाँकी कैद माफी दिएर रिहा गराएको थियो।

सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट विचाराधीन रहँदा अन्यको बाँकी कैद समेत मिनाहा गराएको छ। एकै घटनामा दोषी ठहरिएका अन्य जेलमै रहेको र एक्लै रिहा भएको भन्दै रेशमको विरोध भएको थियो।

 रेशम बहु विवाहमा समेत जोडिएका छन्। टीकापुर घटनामा अझै ३० जना फरार छन्।

कात्तिक १७, २०८० शुक्रबार ०९:२६:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।