जिल्ला प्रशासन कार्यालय काठमाडौंसहित यी स्थानमा शनिबार चार घण्टा विद्युत् आपूर्ति बन्द हुने

जिल्ला प्रशासन कार्यालय काठमाडौंसहित यी स्थानमा शनिबार चार घण्टा विद्युत् आपूर्ति बन्द हुने

काठमाडौं : काठमाडौंका विभिन्न चार स्थानमा भोलि शनिबार विद्युत आपूर्ति बन्द हुने भएको छ। 

नेपाल विद्युत प्राधिकरणले एक सूचना जारी गर्दै स्युचाटारदेखि सिंहदरबारसम्मको ६६ केभी लाइन मर्मत  गर्नुपर्ने भएकोले विद्युत आपूर्ति बन्द हुने जानकारी दिएको छ। 

सिंहदरबारस्थित के ३ सबस्टेसनबाट आपूर्ति हुने सिंहदरबार परिसर भित्रका सम्पूर्ण कार्यालयहरू, जिल्ला प्रशासन कार्यालय समेत बबरमहल, पुतलीसडक, बागबजार, कमलादी, हात्तीसार, डिल्लीबजार, असन, महावौद्ध, जमल, घट्टेकुलो, अनामनगर, ज्ञानेश्वर, नक्साल, सेतोपुल, रातोपुल क्षेत्रमा भोलि बिहान विद्युत आपूर्ति प्रभावित हुने प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ। 

विद्युत आपूर्ति बिहान ७ बजेदेखि ११ बजेसम्म बन्द हुने प्राधिकरणले जनाएको छ।

  

कात्तिक १७, २०८० शुक्रबार ०८:५४:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।