काभ्रे भञ्ज्याङबाट १० क्विन्टल चिनी बरामद

काभ्रे भञ्ज्याङबाट १० क्विन्टल चिनी बरामद
फाइल फोटो

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोककोे विपी राजमार्गअन्तर्गत धुलिखेल नगरपालिका–९ स्थित काभ्रेभञ्ज्याङबाट बिहीबार सवारीसाधन जाँचका क्रममा ३३ बोरामा लुकाइछिपाई ल्याएको १० क्विन्टल चिनी प्रहरीले बरामद गरेको छ।

विपी राजमार्ग भएर अवैधरूपमा चिनी भित्रने गरेको सुचना पाएपछि प्रहरीले उक्त राजमार्गमा अहिले नियमितरुपमा यातायातका साधन जाँच गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए। 

प्रहरीले यसअघि यही कात्तिक पहिलो साता सोही राजमार्गबाट राजस्व छली गरेर ल्याएको ९२ बोरा चिनी ट्रकबाट बरामद गरेको थियो। 

ट्रकमा धानको बोराले छोपी ल्याएको ९२ बोरा चिनी र २८ बोरा धान बरामद गरी ट्रक नियन्त्रणमा लिएको थियो। 

कात्तिक १७, २०८० शुक्रबार ०८:४१:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।