३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं : सरकारले आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउँदै छ। 

यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत स्वास्थ्य मन्त्रालयको आव्हान र संयोजकत्वमा आज र भोलि भिटामिन ए र जुकाको औषधी खुवाउन लागिएको हो। 

सरकारले हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते गरी दुई पटक नियमित रुपमा भिटामिन ए र जुकाको औषधी खुवाउने गरेको छ।

तर, यसअघि नियमित रुपमा परेको मितिमा यसपटक नेपालीहरूको महान पर्व दशैँ परे पछि पूर्व निर्धारित मिति सार्नु परेको थियो। 

त्यसकारण यसपटक सो कार्यक्रम कात्तिक १७ र १८ गते राखिएको हो। 

दुई दिनसम्म चल्ने सो अभियानमा ६ देखि ५९ महिनाका झन्डै ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

कात्तिक १७, २०८० शुक्रबार ०८:२१:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।