देशलाई द्वन्द्वमा फसाउने भयानक षड्यन्त्र भइरहेको प्रधानमन्त्रीको दाबी

देशलाई द्वन्द्वमा फसाउने भयानक षड्यन्त्र भइरहेको प्रधानमन्त्रीको दाबी

बुटवल : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र सामाजिक न्याय उल्टाएर देशमा अस्थिरता फैलाउने कोसिस भइरहेको दाबी गरेका छन्।

बिहीबार बुटवलमा आयोजित माओवादी केन्द्रको कार्यक्रममा उनले परिवर्तनका मुद्दा उल्टाएर देशलाई द्वन्द्वमा फसाउने षड्यन्त्र भइरहेको दाबी गरेका हुन्।

परिवर्तनको रक्षाका निम्ति १२ बुँदे समझदारी, शान्ति सम्झौता र संविधान निर्माणका पक्षधर सबै शक्तिहरू एक ठाउँमा उभिएर जवाफ दिने उनको दाबी थियो।

‘परिवर्तनका पक्षधर सबै राजनीतिक शक्ति एक ठाउँ उभिएर प्रतिगामी षड्यन्त्र परास्त गर्छौँ। राजनीतिक दलहरूबिच यसबारे छलफल चलिरहेको छ। केही दिनमा बैठक बसेर ठोस समीक्षासहित अगाडि बढ्छौँ’ उनले भने।

कात्तिक १६, २०८० बिहीबार २२:३४:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।