६८ दिनपछि जेल पुगे रिगल, अब ११ वर्ष जेलमै

६८ दिनपछि जेल पुगे रिगल, अब ११ वर्ष जेलमै
तस्बिर स्रोत : सुरेश पौडेलको फेसबुक

काठमाडौँ : सरकारको सिफारिसमा राष्ट्रपतिबाट भएको कैद कट्टीको निर्णय अदालतबाट बदर भएपछि योगराज ढकाल ‘रिगल’ ले आत्मसमर्पण गरेका छन्।

उनले जिल्ला प्रहरी कार्यालय, बाँकेको टोलीसमक्ष आत्मसमर्पण गरेका हुन्। सर्वोच्च अदालतले बिहीबार ढकालको बाँकी कैद कट्टा हुने गरी गरेको निर्णय बदर गरेको थियो। अदालतले तत्काल पक्राउ गरेर बाँकी रहेको ११ वर्ष ११ महिना ५ दिन थुनामा राख्न आदेश दिएको थियो।

आदेशपछि प्रहरीले उनको खोजी सुरु गरेपछि उनी आफैंले आत्मसमर्पण गरेका हुन्। उनी भदौ ४ मा रिहा भएका थिए।

कात्तिक १६, २०८० बिहीबार १८:००:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।