रिगल खोज्दै प्रहरी, पक्राउ गरेर जेल बुझाउने तयारी

रिगल खोज्दै प्रहरी, पक्राउ गरेर जेल बुझाउने तयारी

काठमाडौँ : प्रहरीले सरकारको सिफारिसमा राष्ट्रपतिबाट बाँकी कैद कट्टा भएर रिहा भएका जन्मकैदका दोषी योगराज ढकाल रिगल खोज्न थालेको छ। सर्वोच्च अदालतबाट सरकारको निर्णय बदर भए लगत्तै पक्राउ गरेर कारागार चलान गर्न उनको खोजी सुरु भइसकेको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले उकेरालाई जानकारी दिए।

‘अदालतको आदेश अनुसार अब उनलाई पक्राउ गरेर कारागारमा बुझाउँछौँ,’ कडायतले भने’ उनको खोजी भइसक्यो।‘

बिहीबार न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको संयुक्त इजलासले जन्मकैद पाएका रिगलको बाँकी कैद कट्टा गर्ने निर्णय बदर गर्न आदेश दिएको थियो।

सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले सरकारले गरेको निर्णय बदर भएको उकेरालाई जानकारी दिए।

इजलासले संविधान र कानुन विपरीत भएको देखिएको भन्दै सो निर्णय बदर गर्न परमादेश दिएको हो। संविधान दिवसका दिन अन्य कैदीसँगै रिगलको बाँकी सजाय माफी दिँदै रिहा गरेको थियो।

कात्तिक १६, २०८० बिहीबार १६:१५:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।