सरकारलाई धारे हात लगाएर मात्र भएन : माधव नेपाल

सरकारलाई धारे हात लगाएर मात्र भएन : माधव नेपाल

काठमाडौँ : एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सरकारले गरेको राम्रो कामको प्रशंसा गर्ने रचनात्मक प्रतिपक्षको अभाव भएको बताए।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले सरकारले गरेको राम्रो कामलाई राम्रो भन्न सक्नुपर्ने भन्दै भने’ पीडा पोखेरमात्र हुँदैन, धारे हात लगाएर मात्र हुँदैन।‘

उनले सरकारलाई मात्रै दोष नदेखाई प्रतिपक्षले आफूभित्रको कमजोरी पनि हेर्नुपर्ने भन्दै सत्ताबाट हट्नुपरेको पीडालाई सदनलाई अवरोध गरेर व्यक्त गर्न नहुने भन्दै प्रतिपक्षी दल एमालेप्रति व्यङ्ग्य गरेका थिए।

देशमा सबै डुब्यो, सबै बर्बाद भयो, कुनै उपलब्धि भएन भन्ने अन्त्यन्तै निराशावादी भाष्य र सबैथोक राम्रो गरियो, गजबै छ,  चिन्ता गर्नु पर्ने छैन भन्ने दुई अतिवादी भाष्य बढिरहेको उनको टिप्पणी थियो।

कात्तिक १६, २०८० बिहीबार १५:३५:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।