सांसद सोविताले भनिन्’ महँगीले ५० प्रतिशत सटर खाली भए

सांसद सोविताले भनिन्’ महँगीले ५० प्रतिशत सटर खाली भए

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले बढ्दो महँगीका कारण बजार चलायमान नहुँदा ५० प्रतिशत सटर बन्द भएको तर्क गरेकी छिन्। बिहीबारको प्रतिनिधिसभाको बैठकमा उनले यस वर्षको व्यापार व्यवसाय सुस्ताएको र व्यवसाय घाटामा गएकै कारण मुलुकभर झन्डै ५० प्रतिशत सटर खाली रहेको दाबी गरेकी हुन्।

‘बजार चलायमान हुनुपर्नेमा व्यापार व्यवसाय सुस्ताएको भन्दै उनले व्यवसाय घाटामा गएकै कारण मुलुकभर झन्डै ५० प्रतिशत सटर खाली रहेको नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले जनाएको बताइन्।

व्यापारीले सामान बेच्न सकेका छैनन्। उपभोक्ताले महँगी बढेर किन्न सकेका छैनन्’ उनले भनिन्’यस्ता विषयमा दीर्घकालीन योजना बनाउने सवालमा सरकारले चुकेकै हो। सरकारले आफै गरेका अल्पकालीन निर्णय कार्यान्वयन गराउन नसक्नु अकर्मण्यता हो।’

कात्तिक १६, २०८० बिहीबार १५:२२:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।