जुवा खालमा समातिएका चक्र बम, गजित विष्टसहितका कलाकार धरौटीमा छुटे

जुवा खालमा समातिएका चक्र बम, गजित विष्टसहितका कलाकार धरौटीमा छुटे

काठमाडौं : जुवाखालबाट पक्राउ परेका गायक तथा मोडेल चक्र बमसहितको कलाकार धरौटीमा रिहा भएका छन्। 

काठमाडौं महानगरपालिका-२९ मैतीदेवीस्थित गजित विष्टले सञ्चालन गरेको डान्स बारमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका उनीहरूलाई जिल्ला प्रशासन कार्यालयको आदेशपछि १५/१५ हजार रूपैयाँ धरौटीमा बुधबार बेलुका छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता कुमोध ढुंगेलले जानकारी दिए।

प्रहरी वृत्त सिंहदरबारको टोलीले ९ जनालाई जुवा खेल्दा खेल्दै ११ गते राति १० बजे पक्राउ गरेको थियो। 

पक्राउ परेर रिहा हुनेमा कलाकारहरू ४५ वर्षीय गणेश विष्ट, ३८ वर्षीय नरेन्द्र विष्ट, ३८ वर्षीय सुर्पमान स्याङतान, २६ वर्षीय रोशन सिंह र कैलालीको गोदावरी–२ का २९ वर्षीय चक्र बम रहेका छन्।

यस्तै ६० वर्षीय शंकरप्रसाद आचार्य, वर्षीय टाइम मगर, ३६ वर्षीय सुरेन्द्र साउद र ३३ वर्षीय घनश्याम अधिकारी पनि पक्राउ परेर रिहा भएका हुन्। 

प्रहरीले उनीहरूको साथबाट एक लाख ९० हजार ९२० रूपैयाँ नगद र एक बुक ताससमेत बरामद भएको थियो।

कात्तिक १६, २०८० बिहीबार १४:०१:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।