जनयुद्ध दिवस मनाउने प्रस्ताव संसदमा पेस गर्न सरकारलाई एमालेको चुनौती

जनयुद्ध दिवस मनाउने प्रस्ताव संसदमा पेस गर्न सरकारलाई एमालेको चुनौती
फाईल फोटो

काठमाडौं : एमालेले फागुन १ गतेलाई जनयुद्ध दिवस मनाउने प्रस्ताव संसदमा पेस गर्न सरकारलाई चुनौती दिएको छ। 

बिहिबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले उपाध्यक्ष विष्णु पौडेलले जनयुद्ध दिवस मनाउने प्रस्ताव संसदमा पेस गर्न सरकारलाई चुनौती दिएका हुन्। 

पौडेलले भने, ‘यदि यो सरकारसँग आँट छ भने जनयुद्ध दिवस मनाउने प्रस्ताव संसदमा लिएर आओस् त्यसको निर्णय जनप्रतिनिधिले गर्छन्, हामीले गर्छौं।’

संसदले गर्ने निर्णय मान्न सरकार तयार हुनुपर्ने पौडलेको भनाई थियो। 

कात्तिक १६, २०८० बिहीबार १३:३५:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।