संसदमा सांसद गौतमको मौन धारण, भन्छन्- मौनताले सबै बोल्यो

संसदमा सांसद गौतमको मौन धारण, भन्छन्- मौनताले सबै बोल्यो

काठमाडौं : नेपाली काँग्रेसका सांसद सञ्जय कुमार गौतमले संघीय संसदअन्तर्गत प्रतिनिधि सभा बैठकको शून्य समयमा मौन धारण गरेका छन्।

सधैँ सरकारको खबरदारी गर्ने उनले आज भने सभामुख घिमिरेले दिएको एक मिनेटको शून्य समय नबोलेरै बिताए। 

‘माननीय सदस्यलाई बोल्न समय दिइएको छ’ सभामुख देवराज घिमिरेले भने। तर,सांसद गौतम केही बोलेनन्। 

बैठकमा सभामुख घिमिरेले दिएको समय नबोलीकनै बिताएका सांसद घिमिरेले बोलेर पनि केही कुरा कार्यान्वयन नहुने भएपछि आफूले मौन धारण गरेको बताए।  ‘सधैं बोल्नैपर्छ भन्ने छैन। आज मेरो मौनताले नै सबै कुरा बोलेको छ,’उनले भने। 

कात्तिक १६, २०८० बिहीबार १३:०७:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।