टी-२० विश्वकप छनोट : रोमान्चक खेलमा नेपाल ओमानसँग ५ रनले पराजित
काठमाडौं : काठमाडौंमा जारी टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालविरुद्ध ओमानले ५ रनकाे रोमान्चक जित निकालेकाे छ।
त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा ओमानले दिएको १४६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा अल आउट हुँदै १४१ रन मात्र बनाउन सक्यो।
नेपालका लागि विवेक यादवले सर्वाधिक ३९ रनको योगदान दिए। यस्तै, कुशल भुर्तेलले २६, कप्तान रोहित पौडेलले १२, कुशल मल्लले १६ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।
ओमानले दिएको १४६ रनको विजयी लक्ष्य पछ्याउने क्रममा नेपालका कुशल मल्ल पाँचौ विकेटका रुपमा आउट भएका छन्। उनी १६ रन बनाएर आउट भए।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो।
उसका लागि कप्तान जिसन मक्सदले सर्वाधिक ३२ रन बनाए। त्यस्तै, नसिम खुसीले २५, प्रतीक अथावालेले २४ रन र सकिल अहमेदले २२ रन बनाए
नेपालका करण केसीले तीन विकेट लिए। सन्दीप लामिछाने र सोमपाल कामीले दुई दुई विकेट हात पारे। गुल्सन झा र अविनाष बोहराले एकरएक विकेट झारे।
अब नेपालले सेमिफाइनल युएईसँग खेल्ने छ ।
कात्तिक १६, २०८० बिहीबार १२:२९:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।