नेपालको आधा टोली पेभेलियन फर्कियो, मल्ल पनि आउट

नेपालको आधा टोली पेभेलियन फर्कियो, मल्ल पनि आउट
फाईल फोटो

काठमाडौं : टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा ओमानविरुद्ध नेपालको आधा टोली पेभेलियन फर्किएको छ।

ओमानले दिएको १४६ रनको विजयी लक्ष्य पछ्याउने क्रममा नेपालका कुशल मल्ल पाँचौ विकेटका रुपमा आउट भएका छन्। उनी १६ रन बनाएर आउट भए। 

यसअघि चौथो विकेटको रुपमा कप्तान रोहित कुमार पौडेल १२ रन बनाएर आएट भएका थिए। 

यसअघि नै २६ रन बनाउँदै ओपनर कुशल भुर्तेल आउट भइसकेका छन्। यस्तै, ५ रन बनाएर आसिफ पेभेलियन फर्किँदा सोमपालले १२ रन मात्रै बनाउन सके।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएकाे  थियाे।

उसका लागि कप्तान जिसन मक्सदले सर्वाधिक ३२ रन बनाए। त्यस्तै, नसिम खुसीले २५, प्रतीक अथावालेले २४ रन र सकिल अहमेदले २२ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा बनाउन सकेनन्।

नेपालका करण केसीले तीन विकेट लिए। सन्दीप लामिछाने र सोमपाल कामीले दुईरदुई विकेट हात पारे। गुल्सन झा र अविनाष बोहराले एकरएक विकेट झारे।

नेपालका करण केसीले ३ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले २र२ विकेट हात पारे । गुल्शन झा र अविनाश बोहोराको नाममा एकरएक विकेट झारे।

कात्तिक १६, २०८० बिहीबार ११:४९:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।