ओमानविरुद्ध नेपालले तेस्रो विकेट गुमायो, ओपनर भुर्तेल २६ रनमा आउट

ओमानविरुद्ध नेपालले तेस्रो विकेट गुमायो, ओपनर भुर्तेल २६ रनमा आउट

काठमाडौं : टी-२० विश्वकप छनोटमा ओमानविरुद्धको खेलमा नेपालले तेस्रो  विकेट गुमाएको छ। ओपनर कुशल भुर्तेल आउट भएका छन्।  उनले १८ बलमा २७ रन बनाए।

यसअघि सोमपाल कामी १२ रन तथा आसिफ शेख मात्र ५ रन बनाएर आउट भएका थिए । अहिले क्रिजमा कुशल मल्ल र कप्तान रोहित पौडेल छन्। नेपालले ६ ओभरको खेल सकिँदा ४६ रन बनाएको छ। 

यसअघि त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएकाे थियाे।

उसका लागि कप्तान जिसन मक्सदले सर्वाधिक ३२ रन बनाए। त्यस्तै, नसिम खुसीले २५, प्रतीक अथावालेले २४ रन र सकिल अहमेदले २२ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा बनाउन सकेनन्।

नेपालका करण केसीले तीन विकेट लिए। सन्दीप लामिछाने र सोमपाल कामीले दुई/दुई विकेट हात पारे। गुल्सन झा र अविनाष बोहराले एक/एक विकेट झारे।

नेपालका करण केसीले ३ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले २/२ विकेट हात पारे । गुल्शन झा र अविनाश बोहोराको नाममा एक/एक विकेट झारे।

कात्तिक १६, २०८० बिहीबार ११:२५:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।