ओमानविरुद्धको खेलमा नेपालले पहिलो विकेट गुमायो, शेख मात्र ५ रनमा आउट

ओमानविरुद्धको खेलमा नेपालले पहिलो विकेट गुमायो, शेख मात्र ५ रनमा आउट

काठमाडौं : आईसीसी टी–२० विश्वकप छनोटमा ओमानविरुद्धको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ। आसिफ शेख मात्र ५ रन बनाएर आउट भएका हुन्।

उनी ५ रन बनाएर आउट भएका हुन्। नेपालले १७ रन बनाएको छ। 

यसअघि त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनायो।

उसका लागि कप्तान जिसन मक्सदले सर्वाधिक ३२ रन बनाए। त्यस्तै, नसिम खुसीले २५, प्रतीक अथावालेले २४ रन र सकिल अहमेदले २२ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा बनाउन सकेनन्।

नेपालका करण केसीले तीन विकेट लिए। सन्दीप लामिछाने र सोमपाल कामीले दुई/दुई विकेट हात पारे। गुल्सन झा र अविनाष बोहराले एक/एक विकेट झारे।

नेपालका करण केसीले ३ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले २/२ विकेट हात पारे । गुल्शन झा र अविनाश बोहोराको नाममा एक/एक विकेट झारे।

कात्तिक १६, २०८० बिहीबार ११:१०:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।