टी-२० विश्वकप छनोटमा ओमानविरुद्ध नेपालले टस जित्यो, पहिले बलिङ गर्ने

टी-२० विश्वकप छनोटमा ओमानविरुद्ध नेपालले टस जित्यो, पहिले बलिङ गर्ने
फाइल फोटो

काठमाडौं  : आईसीसी टी-२० विश्वकप एसिया छनोट अन्तअन्तर्गत ओमान विरुद्धको खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने भएको छ।

कप्तान रोहित पौडेलले  त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ रोज्दै ओमानलाई ब्याटिङको निम्तो दिएका छन् । नेपाली टिममा कुनै परिवर्तन गरिएको छैन ।

समूह ‘ए’ मा रहेका दुवै टिम सेमिफाइनल प्रवेश गरिसकेका छन्। यो खेलले समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ।

नेपाल समूह विजेता बनेमा समूह ’बी’ को उप-विजेतासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ। सेमिफाइनल जित्ने टिम विश्वकपमा छनोट हुनेछन्।

नेपाल समूह विजेता बनेर अर्को समूहको उप-विजेतासँग सेमिफाइनलमा भिड्ने योजनामा छ।

अर्को समूहमा युएई विजेता हुने सम्भावना छ। यस्तै बहराइन, हङकङ र कुवेतमध्ये एक टिम उपविजेता हुने सम्भावना देखिन्छ।

घरेलु टोली लगातार तेस्रो जित हात पार्ने लक्ष्यमा हुनेछ। नेपालका ओपनर कुशल भुर्तेल र आसिफ सेख राम्रो लयमा छन्।

साथै कुशल मल्ल,सन्दीप जोरा, सोमपाल कामी, करण केसी र गुलसन झाबाट नेपालले राम्रो अलराउन्ड प्रदर्शनको अपेक्षा गरेको छ।

कात्तिक १६, २०८० बिहीबार ०८:४०:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।