मौसविद्ले भने- वर्षाको सम्भावना छ, धान नकाट्नू

मौसविद्ले भने- वर्षाको सम्भावना छ, धान नकाट्नू

काठमाडौं :आजकाे मौसम सामान्यतया सफा रहने छ। सदिउँसोपछि पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ।

भोलि र पर्सि पहाडी क्षेत्रका एक÷दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन ।

भोलि र पर्सि दिउँसोपछि पहाडी क्षेत्रका एक÷दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद्को भनाइ छ। 

वर्षाको सम्भावना रहेकाले धान नकाट्न र काटेको भए भित्र्याइहाल्न मौसमविद्को सुझाव छ। 

भोलि र पर्सि हल्का वर्षाको सम्भावना रहेकाले काटेको धानमा असर पर्न सक्ने भन्दै मौसमविद्ले धान  नकाट्न सुझाव दिएका हुन्।  
 

कात्तिक १६, २०८० बिहीबार ०८:२८:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।