राष्ट्रियसभा बैठक बस्दै, विद्युत व्यापार विधेयकको प्रतिवेदन पेश हुने

राष्ट्रियसभा बैठक बस्दै, विद्युत व्यापार विधेयकको प्रतिवेदन पेश हुने
फाइल फोटो

काठमाडौं :  संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बिहिबार बस्दैछ। 

दिउँसो १ बजेका लागि बोलाइएको बैठक संसद भवन नयाँबानेश्वरमा बस्नेछ।

आजको बैठकमा सभाका अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त मन्त्रिपरिषद सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको संघीय संसदको सचिवालयले जनाएको छ। 

यस्तै, विधायन व्यवस्थापन समितिका सभापति जयन्ती देवी राईले ‘विद्युतीय व्यापार विधेयक २०८०’ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्ने सम्भावित कार्यसूची छ।

कात्तिक १६, २०८० बिहीबार ०७:१८:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।