रिगललाई आममाफी दिने सरकारको निर्णयमा आज फैसला सुनाउँदै सर्वोच्च

रिगललाई आममाफी दिने सरकारको निर्णयमा आज फैसला सुनाउँदै सर्वोच्च

काठमाडौं : सर्वोच्च अदालतले योगराज ढकाल (रिगल)लाई कैद मिनाहा गरी आममाफी दिने सरकारी निर्णयविरुद्धको सुनुवाइको फैसला आज सुनाउने भएको छ।

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा बिहीबार निर्णय सुनाउने जानकारी दिएको हो

संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्ले योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय गरी आममाफीको निम्ति राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।

सरकारको उक्त सिफारिससँगै ढकाल कारागारमुक्त भएका थिए। 

ढकालले हत्या गरेका चेतन मानन्धरकी पत्नी भारती शेर्पाले सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन्।

कात्तिक १६, २०८० बिहीबार ०७:०२:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।