एमालेको चियापनमा प्रधानमन्त्री दाहाल र सभापति देउवा सहभागी, माधव नेपाल गएनन्

एमालेको चियापनमा प्रधानमन्त्री दाहाल र सभापति देउवा सहभागी, माधव नेपाल गएनन्

काठमाडौं : एमालेले दशैं, तिहार, छठलगायतका चाडपर्वको अवसरमा आयोजना गरेको चियापान कार्यक्रम पार्टी केन्द्रिय कार्यालय च्यासलमा जारी छ।

चियापानमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर, रास्वपा सभापति रबि लामिछाने लगायत नेताहरु सहभागि छन्।

सो पार्टीका अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले स्वागत गरिरहेका छन्। 

चियापानमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, एकीकृत समावजवादीका झलनाथ खनाल, माओवादीका उपमहासचिव जनार्दन शर्मा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा सिका महासचिव नेत्रविक्रम चन्दलगायत उपस्थित हुँदा एमालेबाट छुट्टिएर अलग भएको पार्टी एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल भने गएनन्।

तर, एमालेबाट विद्रोह गरेर समाजवादीमा गएकी नेतृ रामकुमारी झाक्रीले भने एमाले अध्यक्ष ओलीलाई पुष्पगुच्छा उपहार दिएकी छन्। उनले पुष्पगुच्छा उपहार दिँदै ओलीसँग तस्बिर खिचाएकी थिइन्।

कात्तिक १५, २०८० बुधबार १६:३५:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।