५.८३ अंकले घट्यो नेप्से

काठमाडौं : शेयर बजार परिसूचक नेप्से आज बुधबार पनि ओरालो लागेको छ।
मंगलबार दोहोरो अंकले घटेका नेप्से आज पाँच दशमलव ८३ अंकले घटेर एक हजार आठ सय ५८ दशमलव ५६ विन्दुमा झरेर बन्द भयो।
कारोबारको यसदिन सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको शेयर आठ प्रतिशतले घटेको छ।
समग्रमा बजार घटेको दिन सबैभन्दा धेरै सयपत्री हाइड्रोपावर कम्पनीको शेयर साढे नौ प्रतिशतले बढेको छ।
आज ३३ लाख ६४ हजार कित्ता शेयर ८१ करोड २० लाख रूपैयाँमा खरिद बिक्री भएका छन्।
कात्तिक १५, २०८० बुधबार १५:३८:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।