नक्कली शरणार्थीमा नाम जोडिएपछि 'भूमिगत' बसेका बादल च्यासलको चियापानमा झुल्किए

नक्कली शरणार्थीमा नाम जोडिएपछि 'भूमिगत' बसेका बादल च्यासलको चियापानमा झुल्किए
तस्बिर : नेपाल न्युज बैैक

काठमाडौँ : नक्कली शरणार्थी प्रकरणमा नाम जोडिएपछि भूमिगत समान बनेका तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल एमालेले च्यासलमा रहेको मुख्यालयमा आयोजना गरेको चियापान कार्यक्रममा देखिए। बुधवार उनी पार्टी कार्यालयमा आएका अतिथिहरूलाई स्वागत गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगै सोफामा बसेका छन्।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम उठाएर ठगी गरेको घटनामा बादल, उनको श्रीमती र छोराको नाम जोडिएको थियो। त्यसयता उनी सार्वजनिक कार्यक्रममा देखिएका थिएनन्। सो प्रकरणमा दोस्रो चरणको अनुसन्धान गर्ने प्रहरीले दाबी गरेको थियो। तर दोस्रो चरणको अनुसन्धान अगाडि बढेको छैन।

सोफामा ओली, बादल, ईश्वर पोखरेल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली छन्। अन्य नेताहरू उभिएर आगन्तुकहरूको स्वागत गरिरहेका छन्। दसैँ-तिहार र छठ पर्व पारेर एमालेले चियापान कार्यक्रमको आयोजना गरेको हो।

कात्तिक १५, २०८० बुधबार १५:१३:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।