नेपालका आचार्यलाई ६ मतले पराजित गर्दै बंगलादेशकी वाजेद ‘डब्लुएचओ’ को क्षेत्रीय निर्देशकमा निर्वाचित
एजेन्सी : विश्व स्वास्थ्य संगठन डब्लुएचओ को क्षेत्रीय निर्देशकमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजेद निर्वाचित भएकी छिन्।
नेपालका शम्भुप्रसाद आचार्यलाई ६ मतले हराउँदै उनी दक्षिण पूर्वी एसियाका लागि विश्व स्वास्थ्य संगठनको क्षेत्रीय निर्देशकमा मनोनीत भएकी हुन्। वाजेदले ८ मत पाउँदा आचार्यले मात्र २ मत प्राप्त गरे।
मतदानमा बंगलादेश र नेपालबाहेक भारत, भुटान, उत्तर कोरिया, इन्डोनेसिया, माल्दिभ्स, म्यानमार, श्रीलंका, थाइल्याण्ड र टिमोरले भाग लिएका थिए ।
बङ्गलादेशको अटिजम र न्युरोडेभलप्मेन्ट डिसअर्डरको राष्ट्रिय सल्लाहकार रहेकी वाजेदले सन् २०२४ को फेब्रुअरी १ बाट पदभार सम्हाल्ने छिन्।
कात्तिक १५, २०८० बुधबार १४:५१:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।