च्यासलमा सुरु भयो एमालेको चियापान

च्यासलमा सुरु भयो एमालेको चियापान

काठमाडौं : एमालेले दशैं, तिहार, छठलगायतका चाडपर्वको अवसरमा आयोजना गरेको चियापान कार्यक्रम सुरु भएको छ। 

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता तथा उच्च ओहोदाका व्याक्तिहरु व्यक्ति सहभागी छन्।

पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य लगायतका नेताहरुले चियापान कार्यक्रममा आउने पाहुनालाई सोफामा बसेर स्वागत गरिरहेका छन्।

हिजो गर्ने भनिएको चियापान संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको कार्यतालिकालाई मध्यनजर गर्दै आजका लागि सारिएको थियो।

कात्तिक १५, २०८० बुधबार १४:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।