आमा मीनाविरुद्ध र्‍याप गीत निकाले छोराले

आमा मीनाविरुद्ध र्‍याप गीत निकाले छोराले

काठमाडौँ : हाँस्य कलाकार मनोज गजुरेलको पहिलो वैवाहिक सम्बन्ध टुटेको ६ वर्ष बितिसक्यो। तर मीना ढकालसँग डिभोर्स भए पनि यी बीचको विवाद सामाजिक सञ्जालमा जारी नै देखिन्छ।

गजुरेलले दोस्रो विवाह गरिसके। तर सामाजिक सञ्जालबाट मनोजमाथि प्रहार गर्न छाडेकी छैनन् मीनाले।  पछिल्लो समय मीनाले छोरासँग सम्बन्ध सुध्रिएको भन्दै टिकटकमा भिडियो राख्ने गरेकी थिइन्।

एकाएक उनका छोरा मिरोज गजुरेलले टिकटकमा खुला पत्र शीर्षकमा र्याप गीत राखेका छन् जसमा मीना ढकाल र उसका भेडा बाख्राहरूलाई लेखेका छन्।

उनको र्यापमा आमाले बाल्यकालदेखि यातना दिएको उल्लेख गर्दै तल्लोस्तरको गाली समेत गरेका छन्। उनले र्यापमा आमाको पछि लाग्ने युटुबरलाई भेडा बाख्रा भनेका छन्। 

डिभोर्सको समयमा छोरीसँगै बस्दै आएकी मीना अहिले एक्लै छिन्। केही समयमै छोरी बाबु मनोजकै घरमा फर्किइन्। अहिले उनी क्यानडा गइसकेका छन्।

र्यापमा मिरोजले आमाले बाल्यकालदेखि नै यातना दिने गरेको भन्दै अब आफूलाई आमा नचाहिने र अन्टी( कान्छिआमा) र बाबुकै मायामा बस्ने बताएका छन्। उनले मीनाको पछि लाग्न छाड्न युट्युवहरुलाई आग्रह समेत गरेका छन्।

छोराको र्यापको खण्डनगर्दै मीनाले टिकटकमै भिडियो राख्दै' उचालेको कुकुरले मृग मार्दैन' भनेकी छिन्। 

कात्तिक १५, २०८० बुधबार १३:३६:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।