माझीबस्ती जग्गा प्रकरण : १५ दिनभित्र लिखित जवाफ पेश गर्न अभिनेत्री श्वेता खड्कालाई अदालतको आदेश

माझीबस्ती जग्गा प्रकरण : १५ दिनभित्र लिखित जवाफ पेश गर्न अभिनेत्री श्वेता खड्कालाई अदालतको आदेश

काठमाडौं : उच्च अदालत पाटनले सिन्धुपाल्चोकको माझी बस्तीको जग्गा लिलामी प्रक्रिया रोक्न अन्तरिम आदेश दिएको छ। 

उत्प्रेषणको आदेश जारी गरिपाऊँ भन्दै हेलबहादुर माझीसमेतले दायर गरेको रिट निवेदनमा उच्च अदालत पाटनका न्यायाधीश रमेशराज पोखरेलको इजलासले मंगलबार लक्ष्मी सनराइज बैँक र अभिनेत्री श्वेता खड्काको कम्पनी श्वेताश्री फाउन्डेसनलाई १५ दिनभित्र अदालतमा उपस्थित भएर लिखित जवाफ पेस गर्न दिएको हो। 

अदालतको आदेशअनुसार श्वेताश्री फाउण्डेसन र सञ्चालक श्वेता खड्कालाई १५ दिनभित्र अदालतमा उपस्थित हुन भनेको छ। 

अभिनेत्री श्वेताको फाउण्डेसनले नमुना बस्ती निर्माणको क्रममा माझीहरुले बैंकबाट लिएको ऋण आफूले व्यहोर्ने प्रतिबद्धता जनाएको थियो। 

तर अहिलेसम्म पनि ऋण भुक्तानी नभएपछि घरजग्गा लिलामीमा जाने भएपछि माझीहरुले अदालत गुहारेका हुन्। 

दायर निवेदनमा अदालतले बैंकलाई घरजग्गा लिलामी तत्काल नगर्न भन्दै अभिनेत्री स्वेता खड्कालाई अदालतमा जवाफसहित उपस्थित हुन भनेको हो। 

कात्तिक १५, २०८० बुधबार १३:१४:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।