राष्ट्रियसभा चुनावको तयारीमा निर्वाचन आयोग, माघ १० गते गर्न प्रस्ताव

राष्ट्रियसभा चुनावको तयारीमा निर्वाचन आयोग, माघ १० गते गर्न प्रस्ताव
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रियसभामा रिक्त हुन लागेक १९ पदकाे लागि निर्वाचन गर्ने तयारी थालेको छ। 

बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी माघ १० गते आसपास निर्वाचन गर्न प्रस्ताव गरेका छन्।

उनले माघ १०, ११ वा १२ गतेसम्म चुनाव गर्न आवश्यक रहेको र त्यसका लागि सरकारले निर्णय गर्नुपर्ने बताए।  

यस्तै प्रतिनिधिसभामा रिक्त रहेको १ सिट, प्रदेशसभामा २ सिट र स्थानीय तहमा २४ स्थानमा उपयुक्त समयमा उपनिर्वाचन गर्न आयोग तयार रहेको बताए। 

फागुन २० गते राष्ट्रिय सभाका १९ सदस्य रिक्त हुँदैछन्। राष्ट्रिय सभाका एक तिहाइ सदस्य हरेक दुई/दुई वर्षमा रिक्त हुने गर्दछन् ।
 

कात्तिक १५, २०८० बुधबार १२:४३:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।