राष्ट्रसंघका महासचिव गुटेरेसको सुरक्षामा खटिएका असईको लेक लागेर मृत्यु

राष्ट्रसंघका महासचिव गुटेरेसको सुरक्षामा खटिएका असईको लेक लागेर मृत्यु

काठमाडौं : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षामा खटिएका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) टिकाराम ढुंगानाको मृत्यु भएको छ। 

महासचिव गुटेरेस अन्नपूर्ण आधार शिविर पुग्ने भएकाले ढुंगाना सुरक्षाका लागि गत शनिबार त्यहाँ पुगेका थिए। फर्किनेक्रममा रहेका उनी मंगलबार अन्नपूर्ण गाउँपालिका–११ स्थित एक होटलमा बास बसेका थिए। 

बास बस्नेक्रममा उनको लेक लागेर स्वासप्रस्वासमा समस्या आएको खबर पाएपछि बुधबार बिहान हेलिकप्टरबाट उनलाई पोखरा ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। 

उपचारका लागि पोखराको मणिपाल अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। 

कात्तिक १५, २०८० बुधबार १२:२९:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।