राष्ट्र संघका महासचिव गुटेरेसको सुरक्षामा खटिएका प्रहरीको लेक लागेर मृत्यु

राष्ट्र संघका महासचिव गुटेरेसको सुरक्षामा खटिएका प्रहरीको लेक लागेर मृत्यु

पोखरा : संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षामा खटिएका प्रहरीलाई लेक लाग्दा मृत्यु भएको छ। गुटेरेस अन्नपूर्ण बेसक्याम्पमा जाँदा उनको सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षक टिकाराम ढुंगानाको मृत्यु भएको हो।

उनी कात्तिक १२ गते हेलिकप्टरमा अन्नपूर्ण आधार शिविर पुगेका थिए। गुटेरेस हेलिकप्टरबाट फर्किए तर उनी भने गाउँपालिका अध्यक्ष विष्णु केसीलगायतसँग पैदलै फर्किँनेक्रममा बिरामी भएका थिए।

हिमालय भन्ने स्थानमा बास बसेका ढुंगानालाई बिहान सास लिन गाह्रो भएको थियो। उनलाई उपचारका लागि हेलिकप्टरबाट पोखरामा ल्याएर अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको थियो।

 

कात्तिक १५, २०८० बुधबार १२:२२:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।