गाजा क्षेत्रमा नाै सैनिक मारिएको इजरायली सेनाको दाबी

गाजा क्षेत्रमा नाै सैनिक मारिएको इजरायली सेनाको दाबी

एजेन्सी : इजरायल-हमासबीच जारी युद्धका क्रममा मंगलबार नाै सैनिक मारिएको इजरायली सेनाले दाबी गरेको छ।

योसँगै अक्टोबार ७ यता अहिलेसम्म मारिने इजरायली सैनिकको कूल संख्या ३ सय २६ पुगेको एजेन्सीले जनाएको छ।

एजेन्सीका अनुसार मंगलबार प्यालेस्टाइनी क्षेत्रमा भएको लडाइँमा दुई सैनिक गम्भीर घाइते भएका छन्। 

प्यालेस्टाइनी आतंकवादी सङ्गठन हमासद्वारा इजरायलको इतिहासमा सबैभन्दा खराब हमला गरेपछि इजरायली सेना युद्धमा होमिएको छ।

यसैबीच गाजाको सबैभन्दा ठूलो शरणार्थी शिविरमा भएको इजरायली हमलामा मङ्गलबार कम्तीमा ४७ जना मारिएका छन्। 
इजरायलले मारिनेमा अक्टोबर ७ को हमलामा संलग्न हमास कमान्डर पनि रहेको बताएको छ। 

कात्तिक १५, २०८० बुधबार १२:१५:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।