५० हजार नगद रकमसहित ५ जुवाडे पक्राउ

५० हजार नगद रकमसहित ५ जुवाडे पक्राउ

काठमाडौं : बाराबाट ५० हजार रुपैयाँ नगदसहित ५ जुवाडे पक्राउ परेका छन्। 

जीतपुर सिमरा उपमहानगर-७ स्थित जीतपुर बजारमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ५ जना जुवाडेलाई नगद रकम, मोबाइल र मोटरसाइकलसहित पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा जीतपुरका ५५ वर्षीय शिवचन्द्र सहनी, ६० वर्षीय लालबाबु साह, ५० वर्षीय अफताव आलम, वीरगन्ज महानगरपालिका ३२ का ४० वर्षीय विनोद पंजियार र ५२ वर्षीय मोती साह रहेका छन्। 

पक्राउ परेका ५ जनालाई म्याद थप गरेर कानुनी कारबाही अगाडी बढाइएको प्रहरीले जनाएको छ। 
 

कात्तिक १५, २०८० बुधबार ११:१४:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।