फर्किए संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस

फर्किए संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस

काठमाडौं : सयुंक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस चार दिने नेपाल भ्रमणपछि बुधबार बिहान फर्किएका छन्। 

महासचिव गुटेरेस आइतबार बिहान १ बजे नेपाल आइपुगेका थिए। गुटरेसको बिदाइ गर्न रक्षामन्त्री पूर्णबहादुर खड्का विमानस्थलमा पुगेका थिए। 

चार दिने औपचारिक नेपाल भ्रमणका क्रममा महासचिव गुटेरेसले उच्चस्तरीय भेटवार्ता गरेका थिए। सगरमाथा आधार शिविरमा पुगेर उनले नेपालमा जलवायु परिवर्तनको प्रभावको अवलोकन गरेका थिए। 

उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना, सभामुख देवराज घिमिरे, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।

साथै उनी पाटन दरबार क्षेत्र, पोखरा, अन्नपूर्ण क्षेत्र र लुम्बिनी भ्रमणमा पनि पुगेका थिए। मंगलबार लुम्बिनी पुगेका उनले युद्धग्रस्त राष्ट्रलाई तत्काल शान्ति कायम गर्न आग्रह गरेका थिए। 

साथै गुटेरेसले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै शान्ति प्रक्रिया टुङ्गो लगाउन नेपाललाई सहयोग गर्ने वाचा गरेका थिए।

कात्तिक १५, २०८० बुधबार ११:०३:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।