दाङमा भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु, एक घाइते

दाङमा भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु, एक घाइते

दाङ : दाङमा भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। दुर्घटनामा परी एक महिला घाइते भएकी छिन्। 

राजपुर गाउँपालिका–२ समयथानमा लु ३ च ३८५३ नम्बरको मंगलबार तरकारी बोक्ने पिकअप भ्यानले रा २ प ४९११ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

ठक्करबाट  गम्भीर घाइते मोटरसाइकल चालक राजपुर गाउँपालिका–२ बेलाका २४ वर्षीय श्रवणकुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। 

घाइते सविना यादव उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

कात्तिक १५, २०८० बुधबार १०:०३:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।