गाजाको सबैभन्दा ठूलो शरणार्थी शिविरमा भएको विस्फोटबारे बाेल्यो इजरायली सेना

गाजाको सबैभन्दा ठूलो शरणार्थी शिविरमा भएको विस्फोटबारे बाेल्यो इजरायली सेना

एजेन्सी : इजरायली सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नेल जोनाथन कोनिक्सले गाजाको सबैभन्दा ठूलो शरणार्थी शिविर जबलिया आक्रमणमा आफ्नो निशाना हमासका वरिष्ठ कमाण्डर इब्राहिम बियारी रहेको बताएका छन्।

यस हमलामा बियारीले सञ्चालन गरिरहेको भूमिगत सुरुङमा हमासका ‘धेरै लडाकु’ मारिएको उनले बताए।

इजरायली सेनाका प्रवक्ताले आईडीएफले भूमिगत सुरुङ परिसरलाई निशाना बनाउँदा नजिकैका धेरै भवनहरू भत्किएकाे बताएको छ। उसले यसलाई रोक्न नसक्ने समेत बताएका हुन्।

आक्रमणपछिका तस्बिरहरूमा नजिकैका भवनहरू भत्किएका र त्यहाँ ठूला खाल्डाहरू पनि बनेको देखिन्छ। यस आक्रमणमा मृत्यु हुनेको संख्या अझै स्पष्ट हुन सकेको छैन।

चरमपन्थी संगठन हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले यस हमलामा कम्तीमा ५० जनाको मृत्यु भएको जानकारी दिएको छ। जहाँ ‘प्यालेस्टाइन रेड क्रिसेन्ट सोसाइटी’ले झण्डै २५ जनाको मृत्यु भएको जनाएको छ।

बीबीसीसँगको कुराकानीमा गाजाका एक डाक्टरले आफ्नो अस्पतालमा १५० शव ल्याइएको बताएका छन्।

कात्तिक १५, २०८० बुधबार ०८:३८:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।