हिजो गर्ने भनिएको एमालेको चियापान आज

हिजो गर्ने भनिएको एमालेको चियापान आज

काठमाडौं : एमालेले आज चियापानको आयोजना गरेका छन्।

दशैं, तिहार, छठ लगायत पर्वहरूको अवसरमा पार्टी कार्यालय च्यासलमा एमालेले चियापान आयोजना गर्न लागेका हुन्।

हिजो गर्ने भनिएको चियापान संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको कार्यतालिकालाई मध्यनजर गर्दै आजका लागि सारिएको थियो।

गुटरेसले संसदमा सम्बोधन गर्ने तालिका भएर चियापान आजका लागि सारिएको कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए।

चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय, च्यासलमा दिउँसो सवा १२  बजेबाट सुरु हुनेछ।

चियापान कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेता कुटनीतिक नियोगका प्रमुख र सर्वसाधारणलाई पनि एमालेले निम्ता गरेको छ।

कात्तिक १५, २०८० बुधबार ०७:३३:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।