आजको मौसम : सामान्य वर्षा र हिमपातको सम्भावना

आजको मौसम : सामान्य वर्षा र हिमपातको सम्भावना

काठमाडौं : देशका केही भू-भागमा आज सामान्य वर्षा र हिमपातको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली छ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ।

महाशाखाकाअनुसार दिउँसो देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित सामान्य वर्षाको सम्भावना छ। 

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि छ। महाशाखाका अनुसार राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।

कात्तिक १५, २०८० बुधबार ०७:०८:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।