जुवाखालबाट समातिए गायक चक्र बमसहित नौ जना कलाकार

जुवाखालबाट समातिए गायक चक्र बमसहित नौ जना कलाकार
सांकेतिक तस्बिर

काठमाडौं : जुवा खेलिरहेको अवस्थामा काठमाडौंमा नौ जना कलाकार पक्राउ परेका छन्। काठमाडौंको मैतिदेवीस्थित डान्स सेन्टरमा जुवा खेलिरहेको अवस्थामा प्रहरी वृत्त सिंहदरबारले गत शनिबार गायक तथा मोडेल चक्र बमसहितका कलाकाहरुलाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा सञ्चालक गजित बिष्ट, शंकर आचार्य, इकु सुलेमान (सुलेमान शंकर), नरेन्द्र बिष्ट, रोशन सिंह, चक्र बम, साहिन मगर, सुरेन्द्र पाल र घनश्याम अधिकारी हुन्। 

उनीहरुको साथबाट एक लाख ९० हजार रुपैयाँ र एक बुक ताससमेत बरामद भएको प्रहरीले जानकारी दिएको छ। उनीहरु सि‌ंहदरबार प्रहरीको हिरातमा छन्। 

कात्तिक १४, २०८० मंगलबार २०:४२:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।