राष्ट्रिय मर्यादासम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित

राष्ट्रिय मर्यादासम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित

काठमाडौं : राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित भएको छ। 

राष्ट्रिय सभाको मंगलबार बसेको दोस्रो बैठकमा सांसद प्रकाश पन्थले पेश गरेको ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०८० पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो। 

राष्ट्रियसभाबाट उत्पत्ति भएको यो विधेयक अब प्रतिनिधिसभामा जानेछ।

राष्ट्रियसभाको अर्को बैठक कात्तिक १६ गते बिहीबार दिउँसो एक बजे बस्नेछ। 

कात्तिक १४, २०८० मंगलबार १९:२५:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।