विश्वकप क्रिकेट : पाकिस्तानविरुद्ध बङ्लादेश २ सय ४ रनमा अलआउट
काठमाडौं : भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बङ्लादेशले पाकिस्तानलाई २ सय ५ रनको लक्ष्य दिएको छ ।
कोलकाताको इडेन गार्डेन्समा टस जितेर ब्याटिङ गरेको बङ्लादेशले ४५ ओभर १ बलमा २ सय ४ रनमा अलआउट भयो।
उसका लागि महमदुल्लाहले सर्वाधिक ५६ रन बनाए । यस्तै लिटन दास ४५ र कप्तान शकिब अल हसन ४३ रनमा आउट भए।
पाकिस्तानका शाहीन अफरिदी र मोहम्मद वसिमले समान ३ तथा हरिस रउफले २ विकेट लिए।
कात्तिक १४, २०८० मंगलबार १८:२२:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।