सन् २०३४ को फिफा विश्वकप आयोजना साउदी अरेबियाले गर्ने
एजेन्सी : साउदी अरेबियाले सन् २०३४ को विश्वकप फुटबल आयोजना गर्ने तयारी गरेको छ।
अस्ट्रेलियाले प्रतियोगिता आयोजना गर्न दाबी नगर्ने निर्णय गरेपछि साउदी अरेबियाल उक्त आयोजना गर्ने तयारी गरेको हो।
मंगलबार आयोजना दाबीको घोषणा गर्ने अन्तिम मितिभन्दा केही घण्टाअघि मात्र फुटबल अस्ट्रेलियाले आफ्नो निर्णय सार्वजनिक गरेको हो। साउदी अरेबिया आयोजनाको दाबी अर्को राष्ट्र हो।
आफू २०३४ प्रतियोगिताको लागि दाबी नगर्ने निष्कर्षमा पुगेको फुटबल अस्ट्रेलियाले एक विज्ञप्ती जारी गर्दै जनाएको हो।
फुटबल अस्ट्रेलियाले सन् २०२६ मा एएफसी महिला एसियन कप र २०२९ मा क्लब विश्वकप आयोजना गर्न आफ्नो प्रयास केन्द्रित गर्न चाहेको बताएको छ।
सन् २०२६ को विश्वकप अमेरिका, मेक्सिको र क्यानडामा हुँदैछ।
२०३० को विश्वकपका खेल मोरक्को, पोर्चुगल, स्पेन, अर्जेन्टिना, पाराग्वे र उरुग्वेमा गरी ६ देशमा हुनेछन्।
कात्तिक १४, २०८० मंगलबार १७:५७:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।