सेनाप्रति घृणा फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ

सेनाप्रति घृणा फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ

काठमाडौं : नेपाली सेनाविरूद्ध घृणा फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ परेका छन्। झापा दमक नगरपालिका वडा नम्बर ५ का ४६ वर्षीय खनाललाई पक्राउ गरिएको साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपतिकुमार रायले बताए।

सेनाप्रति घृणा र द्वेष फैलाउने सामग्री प्रकाशन तथा प्रदर्शन गरेको भन्दै सेनाले साइबर ब्युरोलाई पत्र लेखेको थियो। उनी सोही पत्रको आधारमा पक्राउ परेका हुन्। 

उनीविरूद्ध विद्युतीय कारोबार ऐन २०६३ बमोजिम कसुरमा थप अनुसन्धानको लागि प्रहरीले काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरेको छ।

डिल्लीराम यसअघि कलाकार करिष्मा मानन्धरको चरित्रहत्या गरेको आरोपमा पक्राउ परेर धरौटीमा छुटेका थिए।

कात्तिक १४, २०८० मंगलबार १७:४१:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।