शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउन राष्ट्रसंघले सहयोग गर्छ : महासचिव गुटेरेस

शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउन राष्ट्रसंघले सहयोग गर्छ : महासचिव गुटेरेस

काठमाडौं : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउन राष्ट्रसंघले सहयोग गर्ने बताएका छन्।

आज मंगलबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले संक्रमणकालीन न्याय टुंग्याउन नेपाललाई एक्लै संभव नभएको भन्दै यसमा राष्ट्रसंघले सहयोग गर्ने बताए।

उनले सम्बोधनका क्रममा नेपालको शान्ति प्रक्रिया टुंग्याउन राष्ट्र संघले सहयोग गर्ने प्रतिवद्धता दोहोर्याए। 

उनले नेपालको शान्ति प्रक्रिया टुंग्याउँदा द्वन्द्वकालीन मानव अधिकार उल्लंघनका मुद्दाको सम्बोधन हुनुपर्ने बताए। उनले पीडित पक्षको अधिकार रक्षा गर्दै शान्ति प्रक्रिया टुंग्याउन आग्रह समेत गरे।

चार दिने नेपाल भ्रमणमा रहेका महासचिव गुटेरेसले सगरमाथा, अन्नपूर्ण आधार शिविर, पोखरा, लुम्बिनीको भ्रमण गरिसकेका छन्।

आइतबार नेपाल आएका उनले राष्ट्रपति, प्रधानमन्त्री, सभामुख राष्ट्रियसभाका अध्यक्षलगायत राजनीतिक दलका शीर्ष नेताहरुसँग भेट गरिसकेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मैत्रीपूर्ण निमन्त्रणामा नेपाल भ्रमणमा आएका महासचिव गुटेरेसले शान्ति प्रक्रिया र जलवायु परिवर्तनका विषयलाई प्राथमिकतामा राखेका छन्।

महासचिव गुटरेस भोलि स्वदेश फर्कनेछन्।

कात्तिक १४, २०८० मंगलबार १७:१८:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।